0 COMMENTS

असोज १६, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि साङ्केतिक रूपमा कारबाही गरेको छ । मंगलबार जिल्ला अध्यक्ष सविन खड्काले प्रेस विज्ञप्तिमार्फत अङ्कुरम एकेडेमीले राजनीतिक पहुँचको आधारमा स्तरवृद्धिमा अनपेक्षित लाभ लिएको, अन्तर्राष्ट्रिय मापदण्ड भन्दै अभिभावकहरूमा भ्रम फैलाउने गतिविधि गरेको र विद्यार्थी एवम् अभिभावकसँग विभिन्न शिर्षकमा अतिरिक्त शुल्क लिने गरेकोले उक्त एकेडेमीमाथि असोज १५ गते साङ्केतिक कारबाही गरेको जानकारी गराएका हुन । साथै उनले विज्ञप्तिमा उल्लेखित विषयहरूलाई तत्काल सुधार नगरे अझ उच्च तहको कारबाही गर्ने र त्यसबाट आउने परिणामको जिम्मेवारी स्वयम् सम्बन्धित पक्ष हुने चेतावनीसमेत दिएका छन् ।

अध्यक्ष सविन खड्काले विज्ञप्तिमा भनेका छन्, ‘त्याग, बलिदान र सङ्घर्षको रक्तरन्जित इतिहास निर्माण गर्दै सडकबाघको रूपमा स्थापित हाम्रो महान तथा गौरवशाली सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) शिक्षा क्षेत्रमा देखिएको विकृति विसङ्गति, राष्ट्रियता, जनतन्त्र, जनजीविका तथा शैक्षिक माफियाका विरुद्ध, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ति सदैव सङ्घर्ष गर्दै आइरहेको कुरा यहाँहरूमा सर्वविदितै छ ।’

सङ्गठनका अध्यक्ष खड्काले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यसै सन्दर्भमा भरतपुर ७ मा रहेको अङ्कुरम एकेडेमीले राजनीतिक पहुँचको आधारमा स्तरवृद्धिमा अनपेक्षित लाभ लिएको अन्तर्राष्ट्रिय मापदण्ड भन्दै अभिभावकहरूमा भ्रम फैलाउने गतिविधि गरेको विद्यार्थी एवम् अभिभावकसँग विभिन्न शिर्षकमा अतिरिक्त शुल्क लिने गरेकोले उक्त एकेडेमीमाथि असोज १५ गते साङ्केतिक कारबाही गरिएको जानकारी गराइन्छ । अध्यक्ष सविन खड्काले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘माथि उल्लेखित विषयहरूलाई तत्काल सुधार नगरेमा यसपछि अझ उच्च तहको कारबाही गर्न हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) बाध्य हुनेछ । त्यसबाट आउने परिणामको जिम्मेवारी स्वयम् सम्बन्धित पक्ष हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।