0 COMMENTS

असोज १६, भक्तपुर । ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा नगदेशस्थित मध्यपुर बैंक्वेटमा १५ औं जेष्ठ नागरिक सम्मान तथा १४औं अगष्टाइनगुस मुर्रे पुरस्कार वितरण समारोहको आयोजना गरिएको छ ।

नेपाल जेष्ठ नागरिक सेवा सहकारी संस्था लि. र सहयोगी बचत तथा सेवा केन्द्र लि. द्वारा संयुुक्तरुपमा गरिएको कार्यक्रममा प्रमुख अतिथि मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले स्थानीय जेष्ठ बाआमा वृद्धवृध्दाहरुलाई संस्थाको तर्फबाट सगुन र फूलमाला लगाइ सम्मान गर्नुभयो । यसैगरी उहाँले सक्षम साकोस बनेपा,जनता साकोस चित्रपुर र स्कोप साकोस ललितपुरको लागि क्रमशः अध्यक्ष रमेसकाजी श्रेष्ठ,राजेश कुमार राजथला र संस्थापक अध्यक्ष किशोरभाई बज्राचार्यलाई संस्थाको तर्फबाट नगद र सम्मान पत्रद्रारा सम्मान गर्नुभयो ।

उक्त अवसरमा विशिष्ट अतिथि मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठले जेष्ठ नागरिकहरुमा दोसल्ला ओदाई सम्मान गर्नुभयो । संस्थाका अध्यक्ष कैलाश भक्त प्रधानाङ्गको सभापतित्वमा संचालित समारोहमा सम्मानित जेष्ठहरुलाई अष्टमात्रिका देवीहरुबाट विभिन्न सामान प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रेग्मीले शुभकामना मन्तव्यमा सहकारीको मूल्यमान्यताबारे प्रकाश पार्नु हुँदै आयोजक सहकारीले बचत तथा ऋण नउठाउने प्रावधान रहे पनि यस किसिमको कार्य प्रशंसनीय छ भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।