0 COMMENTS

असोज ९, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पुर्व प्रधानमन्त्री पत्नि तथा प्रतिनिधि सभाका सांसद आर्जु राणाले सञ्चालन गरेको ललितपुरको युलेन्स स्कुल लगायतका निजी विद्यालयहरुमा तालाबन्दी गरेको छ । सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का विद्यार्थी नेताहरूले ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुलमा तालाबन्दी गरेका हुन् । उक्त स्कुल विद्यार्थीहरुबाट देशको सबैभन्दा बढी शुल्क उठाउने विद्यालय मध्य एक हो ।

त्यस्तै सरकारका वहालवाला शिक्षामन्त्री अशोक राईको लगानी रहेको काठमाडौँको बुद्धनगरमा अवस्थित स्वप्नवाटीका स्कुल र सांसद बिनोद चौधरीको लगानी रहेको ललितपुरको क्याम्पिएन कलेज सहित सांसद, उच्च पदस्थ कर्मचारी र प्राध्यापकहरुको लगानी रहेका दर्जनौं विद्यालयहरुको प्रिन्सिपल र लेखा शाखामा क्रान्तिकारीले तालाबन्दी गरेको छ ।

अखिल (क्रान्तिकारी) ले प्रस्तावित शिक्षा विधेयक जनघाती, प्रतिगामी भएको भन्दैं त्यसलाई खारेज गरेर शिक्षामा निजीकरण र व्यापारीकरणख अन्त्य सहितको शिक्षा ऐन जारी गर्न सरकार संग माग गरेर घोषित रुपमा चरणबद्ध संघर्ष गर्दै आइरहेको छ । साथै उक्त संगठनले मन्त्री, जनप्रतिनिधि, राजनीतिक दलका ठुला नेता, विश्वविद्यालयका प्राध्यापक, उच्च पदस्थ कर्मचारीहरुले शिक्षामा लगानी गर्न नपाउने व्यवस्था गर्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।