0 COMMENTS

असोज ९, उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भइ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषणा भएपछि दुबै पार्टीका जबस मोर्चाहरुको एकता अधिबेशन १ नम्बर प्रदेशमा धमाधम भइरहेको छ । त्यसै क्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठन बीच १ नम्बर प्रदेशको इटहरिमा सोमबार भब्यताका साथ एकता अधिबेशन सम्पन्न भएको छ ।

सुनसरिको इटहरीमा भएको उक्त अधिबेशनको सभापतित्व पार्टी के.स. तथा क्रान्तिकारी महिला संगठनका प्रदेश संयोजक अम्बिका रेग्मी हुनुहुन्थ्यो भने प्रमुख अतिथि पार्टीका सचिबालय सदस्य तथा प्रदेश संयोजक सङ्कुल हुनुहुन्थ्यो । त्यसै गरि अतिथिहरुमा सचिबालय सदस्य तथा सह संयोजकद्वय सिताराम बुढाथोकी र नरेश, सचिबालय सदस्य तथा सुनसरी इन्चार्ज डिल्लीराम बोहोरा, के.स. तथा संयोजक पेमा लामा, पार्टीका सल्लाहकार तथा लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चाका संयोजक पारस ,किसान संयोजक बेनु बुढाथोकी हुनु हुन्थ्यो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी सङ्कुलले महिला मुक्ति आन्दोलनको चर्चा गर्दै अब राष्ट्रिय मुक्ति आन्दोलनको आँधिबेहरिमा फेरि महिलाहरु सामेल हुनु पर्ने बताउनु भयो ।आधा आकाश ढाक्ने महिलाहरु दलाल संसदीय व्यवथालाई ध्वस्त बनाएर देशमा जनगणतन्त्र ल्याउन बलिदानी दिनु पर्ने बताउँदै पार्टीको प्रशिक्षणमुलक मन्तव्य राख्नु भएको थियो । त्यसैगरी अन्य अतिथिहरुले पनि समसामयिक राजनीतिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
एकता भेलाको सञ्चालन निरु पोख्रेल र स्वागत मन्तव्य प्रतिज्ञा याख्याले गर्नु भएको थियो ।

उक्त भेलाले अम्बिका रेग्मीको संयोजकत्वमा २१ सदस्यीय प्रदेश समिति निर्बाचित गरेको छ । साथै उक्त अबसरमा सुनसरीको पनि जिल्ला एकता भई निरु पोख्रेलको संयोजकत्वमा १२ सदस्यीय जिल्ला समितिको गठन भएको छ । निर्बाचित जिल्ला समितिका पदाधिकारिहरुलाइ क्रान्तिकारी महिला संगठनका केन्द्रिय सदस्य रिता मगरले बधाई तथा शुभकामना दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।