0 COMMENTS

असोज ७, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युुनियन महासंघ चितवनको एकता अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले ओम लामिछानेको संयोजकत्वमा सहसंयोजकमा दिनेश घिमिरे, नारायण खनाल र गणेश विक रहनेगरि २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

एकता अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज ध्रुवले अहिलेको अवस्थामा मजदुर वर्गमाथि राज्यले उत्तरदायित्व ननिभाएकोले मजदुरहरू अन्यायमा परेको बताए ।

उक्त अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज ध्रुव, अतिथिहरु जिल्ला संयोजक विकास, सहसंयोजक विजय, घाईते तथा अपाङ्गका केन्द्रीय सदस्य रणदिप, केन्द्रीय सल्लाहकार दिवाकर, सहिद परिवारबाट खड्क कुवर, प्रदेश सदस्य कृष्ण बराल, प्रदेश सदस्य विकल्प र अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य शान्ति विक रहेका थिए ।

महासंघका केन्द्रीय सदस्य ओम लामिछानेको अध्यक्षता रहेको कार्यक्रमलाई र महासंघकै सदस्य देवी भुजेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन दिनेशले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।