0 COMMENTS

असोज ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनबीच एकता भएको छ । एकताबाट संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’को नामाकरण गरिएको छ । भेलाले कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक रहेको ६५ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ । नवनिर्वाचित कमिटिको बैठक चाँडै बसेर संगठन र संघर्ष सम्बन्धी निर्णय लिइने नवनिर्वाचित संगठनका संयोजक कमल बुढाले जानकारी दिनुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि लगायत पार्टीका कार्यालय सदस्यहरु दिनेश शर्मा सागर, गम्भिर, सचिवालय सदस्य प्रवेश र क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महतले शुभकामना मन्तव्यसहित वैचारिक तथा राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

कमल बुढाको अध्यक्षता र नारायण पंगेनीको सञ्चालनमा सम्पन्न भेलालाई दामोदर खनालले स्वागत गर्नुभएको थियो ।

भेलामा कमल बुढाले प्रतिवेदन र रवि पाण्डेले विधान प्रस्तुत गर्नुभएको थियो । केही परिमार्जनसहित थप समृद्ध पार्ने गरी विधान र प्रतिवेदन पारित गरियो । विधान पारित भएपछि पार्टीको प्रचार प्रसार विभागका सचिव हुकुमबहादुर सिंहले सम्मेलन आयोजक समितिको प्यानल प्रस्तुत गर्नुभयो । तालि बजार प्यान पारित गरियो ।

नवनिर्वाचित कमिटिलाई भेलाका अतिथिहरु तत्कालीन क्रान्तिकारी पत्रकार महासंघका निर्वतमान अध्यक्ष तथा नवगठित क्रान्तिकारी प्रेस संगठनका सल्लाहकार इन्द्र राउत र क्रान्तिकारी प्रेस संगठनका सल्लाहकार अशोक सुवेदीले बधाई तथा शुभकामना मन्तव्य राख्नुभयो ।

नवनिर्वाचित कमिटिको तर्फबाट संयोजक कमल बुढाले प्रतिबद्धता मन्तव्य राखेपछि भेलाको समापन गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।