0 COMMENTS

असोज १, काठमाडौँ । अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा र तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालबीच एकता भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष कार्यालय सदस्य सिताराम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले फुर्नाम्गेल मोक्तानको संयोजकत्वमा ५५ सदस्सीय सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ । भेलाले सहसंयोजकहरुमा सुरेश तामाङ, रंगविर तामाङ र सुन्तली तामाङलाई चयन गरेको छ ।

भेलामा प्रमुख अतिथि सीताराम तामाङ, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा भेलाका विशेष अतिथि सुदर्शन, पार्टीका कार्यालय सदस्य पवनमान श्रेष्ठ, पार्टीका सचिवालय सदस्य पदम लिम्बू, सल्लाहकार गोर्की श्रेष्ठले शुभकामनासहित वैचारिक, राजनीतिक, सांगठानिक र संघर्ष लगायत समसामयिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

फुर्नाम्गेल मोक्तानको अध्यक्षतामा सम्पन्न भेलामा मोक्तानले मोर्चाको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सुरेश तामाङले सञ्चालन गरेको भेलामा सुन्तली तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।