0 COMMENTS

असोज १, भक्तपुर । ठिमी नगर एकता अधिवेशन तथा प्रशिक्षण बैठक सम्पन्न भएकोछ । नगर एकता अधिवेशन प्रदेश सङ्गठन समिती सदस्य तथा ठिमी नगर इन्चार्ज कमरेड छत्रको अध्यक्षतामा बसेको थियो भने उक्त नगर संयोजक कमरेड शक्तिले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

उक्त नगर एकता अधिवेशन तथा बैठक प्रशिक्षण केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज कमरेड सरु, महाधिवेशन सदस्य तथा भक्तपुर जिल्ला संयोजक कमरेड बिश्वास र महाधिवेशन सदस्य तथा भक्तपुर जिल्ला सहसंयोजक कमरेड बिवेकको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै इन्चार्ज कमरेड सरुले प्रशिक्षणात्मक मन्तव्य राख्दै यथास्थितिवादी र पश्चागामी शक्तिहरुले अग्रागामी सोच र चिन्तन लाई घेराबन्दी गरेको र त्यस्ता सोच र चिन्तन लाई क्रान्तिकारी धारले चिर्दै अघि वढ्ने र अन्तत नेपाली क्रान्ति सम्पन्न गर्दै बिश्व सर्वहारावर्गको मुक्तिको लागि एकढिक्का भएर अघि वढ्नु पर्ने कुरा राख्नु भयो ।

त्यसैगरी जिल्ला संयोजक बिश्वासले पनि मन्तव्यको क्रम्ममा पार्टी सङ्गठन, राजनीतिक, बैचारिक र कार्यदिशा कार्यनीति कार्यक्रमको बुझाइमा एकरुपता हुनुपर्नेमा जोड दिदै राष्ट्रियता जनतन्त्र जनजिविकाको संघर्ष उठ्ठान गर्नु पर्नेमा जोड दिनु भयो । त्यसै गरि जिल्ला सहसंयोजक कमरेड बिवेकले सामन्तवादको नेतानाइके राजा ल्याउन एउटा पस्चगमन तत्वहरु लागि रहेको तर त्यो दलाल पुजिवादको विकल्प सामन्तवाद हैन बैज्ञानिक समाजवादनै हो भन्ने कुरा राख्नु भयो । त्यसैगरी उक्त अधिवेशनले जिल्ला सङ्गठन समिती सदस्य कमरेड शक्तिको नेतृत्वमा सात सदस्य नगर सङ्गठन समिति गठन गरिएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।