0 COMMENTS

असोज १, चितवन । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र ९ वर्षीय सङ्म कुमालको नदीमा डुबेर मृत्यु भएको हो ।

आज दिउँसो ३ बजेतिर नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सविन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए  । 

‘नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा १४ वर्षका सविनलाई दिउँसो ३ः२० बजे र ९ वर्षका सङ्गमको दिउँसो ३ः५० बजे चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।