0 COMMENTS

भदाै ३१, सुनसरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल १ नं. प्रदेशको एकता भेला शानदार रुपमा सम्पन्न भएको छ । सुनसरी जिल्लाको इटहरीमा शुक्रबार सम्पन्न उक्त भेलाले सर्वसम्वत् रुपमा कुलबहादुर श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय प्रदेश सङ्गठन समिति चयन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेश इन्चार्ज निर्मलले ‘दलाल संसदीय व्यवस्थाले थोपरेका सबैखाले उत्पीडनको अन्त्य गरी नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको मुल जिम्मेवारी क्रान्तिकारी युवाहरुको काँधमा आएको’ बताए । उनले भने– ‘परिवर्तनका बाहक युवाहरु नै हुन्, देश निर्माणको मुख्य भूमिका पनि युवाहरुको नै हुन्छ, त्यसका लागि सबैभन्दा अग्रपङ्तिमा सचेत क्रान्तिकारी युवाहरु उभिनुपर्छ ।’

त्यस्तै भेलाका अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुलले ‘क्रान्तिको ऐतिहासिक अभिभारा उठाउनको लागि युवाहरुले ज्ञान–चेतनासहित साहस गर्नुपर्ने’ बताए । उनले ‘सबैभन्दा उर्जाशील शक्ति भनेकै युवाशक्ति भएकोले युवाहरुमा ज्ञान–चेतना भएन भने समाज तथा देशको सही नेतृत्व हुन नसक्ने बताउँदै ज्ञान–चेतनासहित युवाहरुले क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने साहस गर्ने हो भने सबैखाले जञ्जिरहरुलाई तोड्न सकिनेसमेत’ औल्याए ।

भेलामा क्रान्तिकारी युवा संगठन, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज अविनास, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विद्रोही, पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश कार्यालय सचिव अनुपम, पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला संयोजक रविकिरण, पार्टीका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला संयोजक बादल लगाएतको आतिथ्यता रहेको थियो ।

रविकिरणको शुभकामना मन्तव्यबाट सुरुभएको सो कार्यक्रमको अध्यक्षता तथा संचालन कुलबहादुर श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।