0 COMMENTS

भदाै ३१, काठमाडौँ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रमादासा रंगलशालामा सम्पन्न खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको हो ।

श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले केबल ६ ओभर १ बलमा भेट्टायो । भारतका लागि शुभमन गिलले २७ र इसान किसनले २३ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ५० रनमै अल आउट भएको थियो ।

श्रीलंका १५ ओभर २ बलमा केबल ५० रनमा समेटियो । खेलमा श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशन हेमन्थाले १३ रन जोडे । श्रीलंकाका अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मोहम्मद सिराजले ६ तथा हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।