0 COMMENTS

भदाै २४, पोखरा । भाद्र २३ गते शनिवारका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर प्रदेशको आयोजनामा सहिद क. सुरेश वाग्ले र क. वासु को २४ औँ स्मृति दिवसको सन्दर्भमा राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रघाती एमसीसी सम्झौता खारेजी विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा भव्यरुपमा सम्पन्न भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य एवंम ४ नम्बर प्रदेश संयोजक अशोक लम्सालको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा सहिद सुरेश वाग्ले क. वासु र सहिद भिमसेन पोख्रेल क. बैरागीको छोटो जीवनी राख्ने काम गरेका थिए । त्यसैगरी लेखक बुद्धिजीवि एवं उप–प्राध्यापक परशुराम कोइरालाले “एमसीसी र स्वाधीनताको प्रश्न” विषयमा अवधारणा पत्र प्रस्तत गरेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि वक्ताको रुपमा पार्टीका केन्द्रिय कार्यालय सदस्य एवंम ४ नंम्बर प्रदेश इन्चार्ज बाबुराम गजमेर र अतिथि वक्ताहरु वामपंथी बुद्धिजीवि रामराज रेग्मी, वरिष्ठ अधिवक्ता तिलक पराजुली, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, नेकपा एमाले गण्डकी प्रदेशका सदस्य शिवबहादुर बराल, बुद्धिजीवि अधिवक्ता महेन्द्रमान वेथीत, वाम बुद्धिजीवि शेषमणी आचार्य, नेकपाका गण्डकी पश्चिम ब्यूरो इन्चार्ज बिप्लव सी, नेपाल समाजवादी पार्टी गण्डकी प्रदेशका अध्यक्ष किरण थापाले सहिद क. वासु लगायतका सहिदको बारेमा र “एमसीसी र स्वाधीनताको प्रश्न” विषयमा प्रस्तुत अवधारणा पत्रको बारेमा आ–आफ्ना विचार राखेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्यहरु, पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यहरु, गण्डकी साहित्य संगमका अध्यक्ष भिम रानाभाट, प्रगतिशिल साहित्यकार नारायण मरासीनी, नेकपा मशालका नेता विक्रम थापा, नेपाल समाजवादी पार्टीका राजनीतिक ब्यूरो सदस्य, अनलाइन जनसन्चार गृहका पत्रकार ओम हमाल लगायतका पत्रकारहरु, वाम बद्धिजीविहरु, पार्टीका प्रदेश समितिका सदस्यहरु, कास्की जिल्लाका नेता कार्यकर्ताहरु, महिला युवा विद्यार्थीहरुको व्यापक उपस्थितिमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमको सन्चालन पार्टीका केन्द्रीय सचिवालय सदस्य एवंम ४ नंम्बर प्रदेशका सह–संयोजक केश वहादुर परियारले गरेका थिए भने स्वागत मन्तव्य पार्टीका केन्द्रीय सचिवालय सदस्य एवंम ४ नंम्बर प्रदेश सह–संयोजक डम्बरबहादुर बिकले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।