0 COMMENTS

भदौ २३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन जिल्ला पार्टीको आयोजनामा २४ औं वासु वैरागी स्मृति दिवस भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । पार्टी जिल्ला संयोजक घननाथ सापकोटा विकासको अध्यक्षता र संचालन सह– संयोजक दुर्गा प्रसाद सुवेदीले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी केन्द्रिय सचिवालय सदस्य एवम् चितवन जिल्ला ईन्चार्ज भिम बहादुर खड्का ध्रुवले अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण प्रमुख कार्यभार पुरा गर्नुपर्ने दायित्व सबै कमरेडहरुमा राख्दै २०५६ साल भाद्र २३ गते तत्कालिन प्रतिक्रियावादी राज्यसत्ताको दमनको श्रृंखलावद्ध क्रममा शहादत हुनुभएका महान शहिद सुरेश वाग्ले वासु र भिमसेन पोखरेल वैरागीले देखाएको सर्वहारावर्गको मुक्तिको बाटोमा अविचलित लागिरहने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै अतिथि अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सचिव मोदनाथ मरहठ्ठाले कमरेड वासु तत्कालिन माओवादी आन्दोलनको असल नेतृत्व स्थापित हुनुका साथसाथै जनताको मुक्तिको वास्तविक नेता भएको बताएका थिए । साथै कमाण्डर भिमसेन पोखरेल वैरागी आफ्नो विद्यार्थी भएको र उक्त शहादतले आफु लगायतका क्रान्तिकारी कम्युनिस्ट भावविह्वल भएको विषय राख्दै आजको दिन अर्घाखाँची सदरमुकाम सन्धिखर्क आक्रमणमा शहादत प्राप्त गर्ने ६४ जना शहिदप्रति श्रद्धा सुमन व्यक्त गरे ।

अखिल नेपाल जनसाँस्कृतिक महासंघका जिल्ला अध्यक्ष रविकिरण निर्जीवले महान शहिद सुरेश वाग्ले वासु र भिमसेन पोखरेल वैरागीले देखाउनु भएको क्रान्ति मार्गमा लाग्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम कडेलले कमरेड वासु र वैरागी क्रान्ति दिप भएको बताउदैं पार्टी विखण्डन गर्ने प्रवृत्ति वर्तमान समयको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको जटिल समस्याको हल उहाँहरुको पदचापलाई पछ्याउँदै नेपाली कम्युनिस्ट आन्दोलनको बाँकी क्रान्तिको कार्यभार पुरा गर्न सबै सबै सच्चा कम्युनिस्टहरू एकताबद्ध भएर संघर्षको आँधिबेहरी सिर्जना गर्न जरुरी भैसकेको बताए । देशमा कम्युनिस्ट आन्दोलनमा एकातिर संशोधनवाद र अर्कोतर्फ विसर्जनवाद साम्राज्यवादी विस्तारवादी जनदुश्मनसँग घाँटी जोडदै उभिएको परिप्रेक्ष्यमा वासु वैरागी स्मृति दिवस प्रेरणाको स्रोत भएकोले वास्तवमा उहाँका सपना पुरा गर्न क्रान्ति जरुरी भएको बताए ।

कार्यक्रममा बोल्दै शहिद परिवारको तर्फबाट शहिद अनिश कुँवरका बुवा खड्ग बहादुर कुँवरले पार्टी एकताबद्ध भएर शहिद परिवारको सपना पुरा गर्न वासु —वैरागी स्मृति दिवसले विशेष महत्व राख्ने बताए । साथै क्रान्ति सफल पार्न दृढतापूर्वक उभिन निर्देशन दिएका थिए ।

कार्यक्रममा बोल्दै सभाध्यक्ष पार्टी संयोजक विकासले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अगुवाइमा हुने संघर्ष क्रान्तिले वासु —वैरागी स्मृति दिवसको महत्वपूर्ण सम्मान गर्ने बताउँदै क्रान्तिको झण्डा झुक्न दिदैनौं र राष्ट्रियता जनताको मुक्तिको वास्तविक मुलबाटोमा लामबद्ध भई क्रान्तिको कार्यभार पुरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा आएकोले कम्युनिस्ट क्रान्तिकारीले यो पुरा गर्न सारगर्भित मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा अतिथि केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, वाग्मती प्रदेश सदस्य हरिकृष्ण खनाल, प्रकाशबाबु खनाल लगायतका जिल्लाका कमरेडहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।