0 COMMENTS

भदौ २४, काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंकाको प्रेमदासा स्टेडियममा भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि सुरु हुनेछ । सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ ।

यस एसिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुँदैछ । समुह चरणमा भएको खेल वर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए । सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि वर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेको थिएन भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन रिजर्भ डे हुने भएको छ ।

एशियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा वर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ डे हुने औपचारिक घोषणा गरको छ । जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र रिजर्भ डे को व्यवस्था गरिएको हो । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेलमा जितेको छ । त्यस्तै ५ खेलको नतिजा निस्केको छैन ।

त्यस्तै एसिया कपको इतिहासमा भने भारत र पाकिस्तान यसअघि १७ पटक आमने सामने भएका छन् । जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ । त्यस्तै २ खेल नतिजाविहिन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।