0 COMMENTS

भदौ २३, भक्तपुर । गत केही वर्षदेखि निस्कृय रहँदै आएको नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुरको जिल्ला कमिटी पुनर्गठित भएको छ ।

देशको शिक्षा क्षेत्रमा विद्यमान अराजकता, अशान्ति, अभिभावक विद्यार्थीको ढाड सेक्नेगरी चर्को व्यापारीकरणबाट बढ्दो विकृति र विसंगतिप्रति सरकारी नीति नियम र प्रशासन उदासिन छ । यही अवस्थामा आम अभिभावक र उपभोक्ताहरु आफ्नो जायज भुमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

निश्चय नै गुणस्तरीय शिक्षा सर्वसुलभ रुपमा प्रत्येक व्यक्तिको नैसर्गिक हक अधिकार हो । यहि कुरालाई मनन् गरेर अभिभावकवर्ग संगठित हुनु जरुरी हुन आएको हो । शिक्षण संस्थाहरुको लागि अभिभावक सहयोगी र मैत्री पनि हुनु पर्दछ । अनुगमन र नियमनको निम्ति सहयोगी भूमिका पनि निभाउन सकिन्छ । व्याप्त समस्या न्यूनीकरण गर्न पनि केन्द्रीय विधान बमोजिम क्रियाशील रहने प्रतिबद्धता जनाउँदै भेलाले नयाँ जिल्ला कमिटी चयन गरेको हो ।

भाद्र १९गते गठ्ठाघरको ग्लोवल कलेज हलमा आयोजित कार्यक्रममा समाजसेवी गोविन्द दाहालको अध्यक्षता रहने गरी निकट भविष्यमा भक्तपुरका सबै नगरपालिकाको प्रतिनिधित्व हुने गरी जिल्ला भेलाको आयोजना गर्ने निर्णय गरेको छ । उक्त अवसरमा वरिष्ठ अभिभावक, शिक्षासेवी तथा पूर्व अध्यक्ष प्रवीण जोशीले नयाँ कमिटीले कार्यभार पुरा गर्न सकोस् र सम्बन्धित सबैबाट सहयोग प्राप्त गर्न सफल होस् भनि शुभकामना व्यक्त गर्नुभयो ।

उक्त कार्यसमितिको उपाध्यक्षमा रामकृष्ण न्यौपाने, सचिव बद्रीप्रसाद पौडेल र कोषाध्यक्षमा सुरेन्द्रप्रसाद जोशी रहनु भएको छ । अन्य सदस्यहरुमा गोपालप्रसाद दाहाल, श्याम बानियाँ, धिरज कायष्थ, बलराम दाहाल, मोहनकृष्ण श्रेष्ठ, रामकुमार थापा र लालबहादुर भुजेल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।