0 COMMENTS

भदाै २३, काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले सानदार जित निकालेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले विजयी सुरुवात गरेको हो ।

ब्राजिलका लागि रोड्रिगो र नेयमारले समान २–२ तथा राफिन्हाले १ गोल गरेका थिए । यस्तै, बोलिभियाका लागि भिक्टोरले एक गोल फर्काएका थिए । यो जितसँगै ब्राजिल ३ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रले सहभागीता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।