0 COMMENTS

भदाै २३, काठमाडौँ । बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।  गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार ना७ख २३२१ नम्बरको बस ना४ख ६४०५ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा ठाकुरबाबा– ७ का साधुराम थारु, वडा नम्बर ८ का जुगबहादुर चन्द, वडा नम्बर ९ का काँशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, वडा नम्बर  र पहिचान नखुलेका बसका कर्मचारी एक पुरुष रहेको प्रहरीले जनाएको छ । बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।