0 COMMENTS

भदाै २२, काठमाडाैँ । एमसीसीको प्रभावित क्षेत्र पश्चिम नवलपरासीको भुमहीमा शुक्रवार एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा बोल्ने बक्ताहरुले एमसीसी खारेजीका लागि जनतालाई लिएर मोर्चाबन्दी जरुरी रहेको औल्याए । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको आयोजनामा भएको कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य अनिल सीले एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न अवधारणा प्रस्तुत गर्नुभयो ।

फरक प्रसंगमा उहाँले एमसीसी खारेजीका लागि बृहत मोर्चाबन्दी आवश्यक रहेको चर्चा गर्नुभयो । कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेता तथा सबिद्यानसभा सदस्य चिनक कुर्मीले एमसीसी मार्फत सेना आए देशको स्वाधीनताको लागि बलिदान दिन तयार रहेको दावी गर्नुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापाले एमसिसी मार्फत अमेरिकी सेनाको क्रिडास्थल बनाएर राज्यको प्राकृतिक सम्पत्ति दोहन गर्न लागेको बताउनुभयो ।

उहाँले अन्तराष्ट्रिय कानुन विपरीत सम्झौता गरिएको र देशकै संविधान भन्दा माथि बनाएर पास गरिएको उल्लेख गर्नुभयो । फरक प्रसंगमा थापाले नेकपाले राष्ट्रघाती संसदीय पार्टीहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायत संग समाजवादी मोर्चा बनाएर साम्राज्यवादीहरु संग लड्ने कुरा एक प्रकारको हास्यस्पद रहेको चर्चा गर्नुभयो । पहिले माके, एसलगायतका पार्टीहरु एमसीसी बिरोधी जस्ता देखिए–उहाँले भन्नुभयो– पछि ब्याख्यात्मक टिप्पणी गर्दै राष्ट्रघातमै सरिक भए । साम्राज्यवादका बुख्याचाहरु संग नेकपाले बनाएको समाजवादी मोर्चा कस्तो हो ? उहाँले राष्ट्रघाती महाकाली सन्धिमा जस्तै माधव नेपालले पनि एमसीसीमा राष्ट्रघाती कदम चालेको बताउनुभयो । देशभक्तहरुबीच सहकार्य गरेर एमसीसीलाई लखेट्न सकिने उहाँको जिकिर थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तिलक सुवेदीले एमसिसी लगानी मात्र नभई राजनीतिक अस्थिरता निम्त्याउन र प्राकृतिक श्रोतको दोहन गर्न आएको आरोप लगाउनुभयो । उहाँले नयाँ भनेकै राम्रो हुन्छ भन्ने सोचले युक्रेनमा द्वन्द बढेको र राजनीति चेतना नभएका व्यक्तिले राज्य संचालन गर्दा देशमा युक्रेन जस्तैःघटना घट्ने सम्भावना बढेको चर्चा गर्नुभयो ।

जनता समाजवादी पार्टी नवलपरासीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले सदन र सत्तामा गएका नेताहरू राज्यको सम्पत्ति चोर बनी विदेशीको गुलाम बनेको आरोप लगाउनुभयो । यस्तै स्वनिर्भर अभियानका संयोजक डा. शिव शंकर बस्यालले राजनीतिक बेइमानीले गर्दा देशमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेको बताउदै क्रान्तिकारी नेताले बोली र व्यवहारमा फरकपन देखिएको बताउनुभयो । उहाँले प्रतिक्रियावादलाई परास्त गर्न एक अर्कोलाई दोषारोपण नगरी देशभक्त राष्ट्रवादीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने जोड दिनुभयो

कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य एव पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सि,जनपत्रकार संगठनका पुर्व केन्दीय अध्यक्ष प्रकाश डुम्रे, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयलगायत जिल्ला बिभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा जिल्ला इन्चार्ज कमल सीको अध्यक्षता जिल्ला सदस्य लोकमानको स्वागत र जिल्ला सचिव प्रतापको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।