0 COMMENTS

भदाै २२, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको भातृ संगठन एकीकृत दलित मुक्ति मोर्चा, नेपालको प्रथम एकता भेला तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ । सम्पन्न भेलाले इन्द्र परियारको संयोजकत्वमा १७ सदस्यीय जिल्ला संगठन समिति समेत गठन गरेको छ ।

भेलाको प्रमुख आतिथ्यता पार्टी केन्द्रीय सचिवालय सदस्य तथा ६ नं. प्रदेश सह–संयोजक र बाँके बर्दिया इन्चार्ज दिपक शाही, विशेष अतिथि एकीकृत दलित मुक्ति मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा ६ नं. प्रदेश इन्चार्ज विरेन्द्र सुनार थिए भने अतिथिहरु पार्टी के.स. तथा बाँके संयोजक विशाल खाँ, पार्टी केन्द्रीय सदस्य कृष्ण शाह, पार्टी प्रदेश सदस्य तथा बाँके जिल्ला सह–संयोजक वीरबहादुर परियार, जिल्ला कार्यालय सदस्य प्रेम थापा, क्रान्तिकारी युवा संगठन, नेपालका प्रदेश संयोजक प्रकाश शर्मा, लगायत जिल्लामा रहेका सबै नेता कार्यक्रर्ताको उपस्थिति रहेको थियो ।

मानव समाजको उत्पति हुँदा, कुनैपनि जातिय भेदभाव थिएन, जब मानिसले आफू बस्ने निश्चित स्थान र अनि उत्पादन सम्बन्ध विकास हुँदै जाँदा मानिसका कामको विभाजन सँगै जातको विजारोप भएको मानिन्छ । यसरी विकास हुँदै जाँदा सामन्तवादी उत्पादनले मानिसलाई पशु जस्तै व्यावहार गर्न थालियो मानिसको पनि किन बेच हुन थाल्यो । यसरी समाजमा वर्गीय विभान भयो, यसले बिस्तारै छुवाछुत र जातियताको सुरु भयो । यो सामन्तवादी र दलाल नोकरशाही पुँजीवादको विकाससँगै यसलाई अझ बढी विकृत बनाउँदै लगेकाले यसको अन्त्यका लागि व्यापक जनचेतना र मानिस सबै एउटै जाति हो भन्ने कुरा बुझाउनु र वर्गीय उत्पीडनका विरुद्ध सशक्त आन्दोलनको आवश्यकता छ ।

यी सबै खालका उत्पीडन र अन्यायका विरुद्ध अब नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादमा जानका लागि हाम्रो पार्टीले लिएको नयाँ तात्कालिन र दीर्घकालिन कार्यनीति र कार्यदिशाको व्यापक प्रचारप्रसार गर्नुपर्ने कुरामा जोर दिँदै वर्गीय मुक्ति अभियानमा लाग्न जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।