0 COMMENTS

भदाै २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै तीन दिनभित्र संस्थागत विद्यालयको शुल्क बृद्धि रोक्न माग गरेको छ । संस्थागत विद्यालयहरुले मनमौजी रूपमा शुल्क बृद्धि गरेको र प्रमाणपत्रका नाममा महँगो अतिरिक्त शुल्क लिएको भन्दै अनुगमन गरेर तीन दिनभित्र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । बिहीबार उक्त विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाएको हो ।

संगठनका जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा संगठनका जिल्ला कार्यालय सदस्य सुवास शर्मा र छात्रा बिभाग प्रमुख बिमला गिरी सहितको टोलीले शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत गोबिन्द शर्मालाई संगठनले बिगतमा बुझाएको ज्ञापन पत्रप्रति बेवास्ता गरिएको भन्दै असन्तुष्टि ब्यक्त गरेको थियो ।

उक्त अवसरमा संयोजक सापकोटाले संगठनका मागलाई बेवास्ता नगर्न आग्रह गर्दै विद्यार्थीहरुका जायज माग पूरा गर्न ध्यानाकर्षण गराए । उनले नगरले शैक्षिक कार्यक्रमलाई एकरूपतामा ल्याउन शाखाले पहल नगरेको बताउँदै सामुदायिक विद्यालयहरुमा बिभिन्न नाममा शुल्क लिने गरिएको बताए । उनले संस्थागत विद्यालयले ट्रान्सक्रिप्ट र सर्टिफिकेटको नाममा प्रति विद्यार्थी पाँच हजारसम्म लिएको बताउँदै त्यो कार्य नरोकिए आन्दोलनमा उत्रने चेतवानी समेत दिए ।

सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिवेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेले शैक्षिक एवम् बिभिन्न माग राख्दै पार्टीले नगरमा ज्ञापनपत्र बुझाएको परिपेक्ष्यमा विद्यार्थीहरुका जायज माग पूरा गर्नतर्फ शिक्षा शाखाले तदारूकता देखाउनुपर्ने औल्याए ।

टोलीलाई शाखा अधिकृत शर्माले कतिपय मागहरु जनप्रतिनिधिको तर्फबाट र केही कर्मचारीहरुको तर्फबाट पूरा गर्नुपर्ने माग रहेको बताउँदै शाखाले संगठनले ध्यानाकर्षण गराएका बिषयलाई गम्भीर रूपमा लिएको दावी गरे । ‘शाखा प्रमुख आउने बित्तिकै जानकारी गराउछौ’ –उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।