0 COMMENTS

भदाै २१, काठमाडौँ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

उपाध्यक्षको सिफारिसका लागि सरकारले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् ।

नेपाली कांग्रेस निकट रहेका उनी नेपाल चिकित्सा संघका पूर्व अध्यक्ष हुन् । समितिले उनलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । त्यस्तै दोस्रो नम्बरमा डा. प्रवीण मिश्र र तेस्रो नम्बरमा हालका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।