0 COMMENTS

भदाै २१, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

नेपाली कांग्रेस काठमाडौँ–७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

वडाध्यक्ष रिजालको निधन भएपछि महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल अस्पताल पुगेका छन् । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।