0 COMMENTS

भदाै २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमको एकता भेला, प्रशिक्षण तथा बैठक मंगलवार दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२ चिसापानीमा सम्पन्न भएको छ । भेलाले सोही क्याम्पसको स्ववियुका सचिव समेत रहनुभएका सन्देश सापकोटाको संयोजकत्वमा २१ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा रहनुभएका सापकोटाको नेतृत्वमा निर्वाचित समितिले मंसिर ८ र ९ गते जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ । सो एकता भेला , प्रशिक्षक तथा बैठकले संगठनको केन्द्रीय सदस्य तथा प्रदेश सदस्य सम्मिलित जिल्ला कार्यालय गठन गर्नुका साथै जिल्ला सदस्यहरुको कार्यबिभाजन समेत गरेको छ ।

जस अन्तरगत कार्यालय सदस्यमा सुभाष शर्मा,बिमला गिरी, प्रदीप तिवारी, तरुण श्रीस र निश्चल गिरी रहनुभएको छ । बिमल गिरी र तिवारी स्वतन्त्र बिद्यार्थी युनियनमा निर्वाचित सदस्य हुनुहुन्छ । त्यस्तै जिल्ला समिति सदस्यहरुमा अर्जुन भुसाल, आकाश खनाल, आकाश गौतम,पुनम कुर्मी, दुर्गा पंजियार,कौशिल्या हरिजन, सरस्वती भर,समसुल खाँन, सुनैना कुर्मी, उदय बहादुर क्षेत्री, अम्बिका हरिजन,कविता पौडेल, आनन्द ढकाल, महिमा चौधरीलगायत हुनुहुन्छ । सो बैठकले बिमला गिरी प्रमुख रहेको छात्रा बिभाग र प्रदीप तिवारी प्रमुख रहेको प्रचार प्रसार समिति निर्माण गरेको संयोजक सापकोटाले जानकारी दिनुभयो । त्यस्तै समितिको प्रथम बैठकले पुनम कुर्मीलाई सुस्ता, अर्जुन भुसाललाई प्रतापपुर , बर्दघाट र सरावल बिमला गिरी, पाल्हीनन्दन र रामग्राम आकाश गौमम र सुनवल नगरमा निश्चल गिरीले हेर्ने गरी कार्यबिभाजन गरेको संगठनले जनाएको छ ।

संगठनको भेलाले जिल्लाको सापेक्षतामा संर्घषका कार्यक्रम संचालन गर्ने निर्णय लिइएको संयोजक सापकोटाले जानकारी गराउनुभयो । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक नविन खड्काले शैक्षिक आन्दोलनलाई उठान गर्दै जिल्ला सम्मेलनलाई सम्पन्न गर्न बिद्यार्थीहरुलाई निर्देशन गर्नुभयो । त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले शैक्षिक माफियाकरण तथा ब्यापारीकरणका बिरुद्ध बिद्यार्थीहरुले एकताबद्ध भएर आन्दोलन गर्नुपर्ने औल्याउनुभयो । कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले हरेक परिर्वतनमा बिद्यार्थीहरुको भुमिका अग्रणी रहेको चर्चा गर्दै दलाल संसदीय ब्यवस्थाको अन्त्य गर्दै नयाँ जनवादी एंव बैज्ञानिक समाजवादी शैक्षिक आन्दोलनमा जुट्न आग्रह गर्नुभयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पाटी, नेपालका जिल्ला सहसंयोजक गणेश ढकालले भेलाको सफलताको कामना गर्नुभयो । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच केन्द्र, प्रदेश र जिल्लाका एकता पछि बिद्यार्थी संगठनबीच एकता भएको हो । कार्यक्रम सन्देश सापकोटाको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।