0 COMMENTS

भदाै १७, मुगु । कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ । जुम्लाको नाग्म गमगढी सडकखण्ड अन्तर्गत गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको भे१ज १०९९ नम्बरको जिप कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरा भन्ने स्थानमा दुर्घटना भएको हो । 

दुर्घटनामा परि मृत्यु हुनेमा जिप चालक र सहचालक रहेको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको र जिपमा २ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।