0 COMMENTS

भदौ १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काठमाडौं जिल्लाको एकता भेला सम्पन्न भएको छ । काठमाडौँको सितापाइलामा शनिबार सम्पन्न एकता भेलाले मिम ऐडीको संयोजकत्वमा कल्पना तामाङ र दिनेश नेपाली सह–संयोजक रहने गरी ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको हो ।

संगठनका केन्द्रीय संयोजक मिलन राईको प्रमुख आथित्यतामा सम्पन्न भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका काठमाडौं जिल्ला सह–संयोजक रणबहादुर बिकको विशेष आथित्यता रहेको थियो ।

त्यस्तै अन्य अथितिहरुमा संगठनका केन्द्रीय सह–संयोजक बिरेन्द्र शाह, कार्यालय सदस्य तथा छात्रा विभाग प्रमुख रुपा बुढामगर, सचिवालय सदस्य तथा प्रदेश नं. ३ संयोजक उषा किरण आजात, सह–संयोजक हरि विष्ट, सचिवालय सदस्यद्धय गोविन्द विष्ट, डिबी शाही, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य हरि चन्द ‘अबिरल’, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला संयोजक बिरेन्द्र नेपाली, सह–संयोजक तथा त्रिचन्द्र क्याम्पस अध्यक्ष स्मृति कार्की, केन्द्रीय सदस्य तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस संयोजक राजन साउद, केन्द्रीय सदस्य तथा आरआर क्याम्पस संयोजक सर्जन पाण्डे, केन्द्रीय सदस्य पशुपति क्याम्पस संयोजक स्टालिन बस्नेत, केन्द्रीय सदस्य राहुल, शङ्कर देव क्याम्पस संयोजक लोकराज शाही, युवा संगठनका नेता बादल घर्ती लगायत विद्यार्थी तथा पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।