0 COMMENTS

भदौ १७, बर्दिया । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले जगदिश थारुको अध्यक्षता र उमेश गौतम सचिव रहने गरी ६१ सदस्यीय जिल्ला सङ्गठन समिति सर्वसम्वत् रुपमा निर्वाचित गरेको छ ।

भेलाको अध्यक्ष जगदिस थारुले गरेका थिए । प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा ६ नं. प्रदेश सह–संयोजक र बाँके बर्दिया कमाण्ड इन्चार्ज दिपक शाहीले सम्बोधन गर्दै, देश अब निर्माणमा प्रमुख भूमिका युवाहरुको हुन्छ, युवा सचेत भए भने मात्र देश स्वाधीन, स्वतन्त्र, अखण्ड, समृद्ध हुन्छ । युवा सचेत नभए भने देशमा साम्राज्यवादी, विस्तारवादी, प्रतिक्रियावादी, दक्षिणपन्थी अवसरवादी र नवशंसोधनवादी तत्वहरु हावी हुन्छन्, साथै अन्याय अत्याचार भ्रष्टाचार बलात्कार अराजक अनुसासन हिन्ता बढ्दै जान्छ, यसर्थ सबै परिवर्तन चाहने देशभक्त प्रगतिशील वामपन्थी विचार राख्ने युवाहरु एकजुट भएर अहिले देशमा भएको लुटतन्त्रका विरुद्ध संघर्ष गर्नु बाहेकको अर्को कुनै विकल्प छैन, देश दिनप्रतिदिन कमजोर हुँदै जानुको मुख्य कारण दलाल संसदीय व्यवस्थाले गरेको लुटखसोट र भ्रष्टाचार ललिता निवास प्रकरण सुन काण्ड, टि स्टेड, टिकापुर नगर विसमा भएको जग्गा काण्ड, विभिन्न राष्ट्रघाती सन्धि सम्झौता, नेपालका प्राकृतिक सम्पदाहरुमा विदेशीहरुको हालीमुहाली र विक्री वितरण जस्ता कु–कर्महरुका कारण उदारवादी लोकतान्त्रिक गणतन्त्र आफैँ समाप्त भैसकेको छ र देश कमजोर बनेको छ । अब यसको एउटै मात्र विकल्प नयाँ जनवादी हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ स–शक्त जनविद्रोह वा तेस्रो जनआन्दोलन गर्नुपर्ने बताए ।

दिपक शाहीले पार्टीले लिएको कार्यक्रमलाई जनताको घरघरसम्म लौजान सबै नेता कार्यक्रर्तालाई सचेत पार्दै मिसन २०८३ शिक्षालाई पूर्ण सामुदायिक र निःशुल्क गर्ने, स्वास्थलाई २०८१ सम्म ६८ वर्ष उमेर पुगिसकेका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने, देशका ७५३ वटा स्थानीय सरकारले प्रत्येक स्थानीय तहमा दुईदुई वटा उद्योग स्थापना गर्नुपर्ने र एउटा पूर्ण सरकारको स्वामित्व र एउटा अर्ध सरकारी वा ५१% सरकार र ४९% जनताको लगानी भएको उद्योग २०८३ सम्म अनिवार्य स्थापनाका लागि संघर्ष गर्ने प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र बनाएर जनतालाई सस्तोमा वितरण गर्नुपर्ने, पूर्ण भ्रष्टाचार मुक्त गर्न संघर्षका कार्यक्रमहरु वैधानिक अवैधानिक दुबै संघर्ष चलाउने कुरामा जोड दिएका थिए ।

भेलामा विशेष अतिथि क्रान्तिकारी युवा सङ्गठन नेपालका ६ नं. प्रदेश संयोजक प्रकाश शामा, अतिथिहरु पर्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज शक्ति, पार्टी केन्द्रीय सदस्य वालकृष्ण वली, पार्टी जिल्ला संयोजक दिलमान, जिल्ला कार्यालय सदस्यहरु संघर्षर्शिल, अनु, रमेश, दलित मोर्चाका कैलाश गन्धर्व, पार्टी प्रदेश सल्लाहकार सदस्य जयबहादुर ठाडा, पार्टी सदस्य मुनिम यादवले शुभ–कामना मन्तव्य दिएका थिए ।

भेलाको पुर्व सन्ध्यामा सयौँ युवाहरुले गुलरिया बजारमा जुलुससहित परिक्रमा गरेको थियो, नाराहरु क्रान्तिकारी युवा सङ्गठन नेपाल, जिन्दावाद, एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन ! दलाल संसदीय व्यवस्था मुर्दावाद, असमान सन्धिसम्झौता खारेज गर !!, साम्राज्यवाद तथा विस्तारवाद मुर्दावाद, सम्पूर्ण मजदुर तथा उत्पीडित एक हौँ । दलाल र भ्रष्टहरु होसियार, क्रान्तिकारी कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नारा घनकाउँदै भेलामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।