0 COMMENTS

भदाै ११, विराटनगर । राष्ट्रियताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको सच्चा देशभक्तहरुको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश नम्बर १ ले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध विराटनगरमा विरोध प्रर्दशन गरेको छ । सोमबार विराटनगरको जनआन्दोलन चौक देखि एमसीसी विरुद्ध जुलुश निकालेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले ट्राफिक चौक हुँदै विप्लटमा आएर कोण सभा गरेको थियो ।

उक्त कोण सभालाई सम्बोधन गर्दै पार्टीका सचिवालय सदस्य तथा प्रदेश नम्बर १ संयोजक सङ्कुलले राष्ट्रिय मुक्ति सुनिश्चित नहुञ्जेलसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टीले निरन्तर संघर्ष गर्ने बताउनु भयो । उहाँले नेपालबाट भारत र अमेरिका फिर्ता नभएसम्म आन्दोलन चलिरहने स्पष्ट पार्नु भयो ।

नेपालको शासन सत्तामा बसेका विदेशीका चाटुकारहरुले देशको रक्षा गर्न नसक्ने भन्दै जनताले चाटुकारहरुको रुप छर्लङ देखेपछि लाखौँको संख्यामा देशभक्त नागरिकहरु सडकमा निस्कने बताउनु भयो । संयोजक सङ्कुलले अमेरीकी साम्राज्यवादीहरुको शैन्य रणनीति एमसीसीलाई नेपाली जनताले कुनै पनि हालतमा स्विकार्न नसक्ने भन्दै देशलाई स्वाधीन बनाउन जस्तो सुकै बलिदान गर्न पनि नेपाली जनता तयार रहेको भनाई राख्नु भयो ।

सोहि कोण सभामा बोल्दै पार्टीका सचिवालय सदस्य तथा उदयपुर जिल्ला इन्जार्च मोहन सिंह तामाङले नेपालको संविधान भन्दा माथि रहेको एमसीसी सम्झौता खारेज गराउन क्रान्तिकारी कम्युनिस्ट पार्टीले निरन्तर सडक संघर्ष गर्दै आएको बताउनु भयो । उहाँले देशलाई अफगानिस्तान जस्तो युद्धमैदान बनाउन अमेरीकाले जबरजस्त उसको शैन्य रणनीति नेपालमा लादेको भन्दै जस्तोसुकै मुल्य चुकाएर भएपनि साम्राज्यवादी अमेरीकाले ल्याएको एमसीसी सम्झौता खारेज गराएरै छोड्ने ठोकुवा गर्नु भयो ।

उक्त विरोध प्रदर्शनमा पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज निर्मल राई, सचिवालय सदस्यहरु सरल, नरेश चौलागाई, विमल निरौला, डिल्लीराम बोहोरा र पार्टीका केन्द्रिय सदस्य रविकिरण लगायतको उपस्थिती रहेको थियो भने कोण सभाको संचालन पार्टीका मोरङ जिल्ला संयोजक बादलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।