0 COMMENTS

भदाै २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनकाे एकता भेला सम्पन्न भएकाे छ । शनिबार ललितपुरकाे कुपोन्डोलस्थित पार्टी कार्यालयमा नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा बहुमत सम्बद्ध स्वास्थ्य कर्मि संगठनकाे एकता भेला सम्पन्न भएकाे हो ।

एकता भेला कार्यक्रमा पार्टी केन्द्रीय कार्यालय सदस्य, सिपि गजुरेल ‘गाैरव’, पार्टी प्रवक्ता धर्मेन्द्र बास्ताेला ‘कन्चन’, कार्यालय सदस्य तथा संगठनका फ्रयाक्सन इन्चार्ज गम्भीर, कार्यालय सदस्य तथा न्याय बिभाग प्रमुख मंगल, केन्द्रीय सचिवालय सदस्य पूर्णबहादुर सिंह ‘समरजंग’ लगायत नेताहरूकाे बिशेष उपस्थिति रहेको थियो ।

भेलाले जनस्वास्थ्य कर्मिहरुकाे राेजगारी, पेशागत र राजनैतिक अधिकारका सुनिश्चितताका लागि संघर्ष गर्ने, स्वास्थ्य क्षेत्रमा देखिएका निजीकरण र जनस्वास्थ्य कर्मि बिराेधी सम्पूर्ण ऐन, कानुनकाे खारेजी र नयाँ कानुन निर्माणका लागि एकताबद्ध भएर संघर्षका कार्यक्रम गर्ने घाेषणा गरेकाे छ ।

भेलाकाे अध्यक्षता इन्दिरा अधिकारीले गरेकी थिइन भने स्वागत मन्तब्य डा. आकाश अर्यालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।