0 COMMENTS

भदाै २, सर्लाही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सर्लाहीले सहिद रामवृक्ष यादव (मास्टर साहेब) को २९ औँ स्मृति दिवस सम्पन्न गरेको छ । शनिबार सर्लाहीद्वारा हरिवनमा आयोजनामा गरिएको सहिद रामवृक्ष यादव (मास्टर साहेब) को २९ औँ स्मृति दिवस कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी जिल्ला संयोजक प्रकाशले रामबवृक्ष यादवको जीवनी र उनको योगदानबारे चर्चा गरेका थिए । उनले २९ बर्ष अघि मास्टर साहेबको सहादत भएको र उहाँको योगदानको सम्मान गर्दै कुमार पौडेलको सहादतसम्म आइपुग्दा सहिदको सपनाको निम्ति दृढतापूर्वक लडाइँ लड्नुको विकल्प नरहेको बताए । यस्तै जिल्ला सह-संयोजक बिहानीले मास्टर साहेबदेखि कुमार पौडेलसम्मको सहिदहरूको सपनामाथि गद्दारी भएको भन्दै त्यसको विरुद्ध निरन्तर क्रान्तिको झण्डा आफूहरूले बोकिरहेको बताए ।

स्मृति दिवस कार्यक्रममा सह-संयोजक बिहानीको अध्यक्षयता, संयोजक प्रकाशको प्रमुख आतिथ्यता, सह-संयोजकद्वय सन्ध्या र ठगाहाको आतिथ्यता रहेको थियो । अखिल (क्रान्तिकारी) का मधेस प्रदेश संयोजक पारस राहादी मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

बि.स.२०५१ भदौ १ गतेको नेपालबन्द कार्यक्रम सफल पारी महान जनयुद्धको तयारी क्रममा आजको दिन भदौ २ गते आफ्नो गाउँमा फर्किंदै गर्दा सिभिल ड्रेसका पुलिस र नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको योजनामा रामबृक्ष यादव (मास्टर साहेब) लाई बर्मझियामा उहाँको निर्मम र अमानवीय ढङ्गले हत्या गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।