0 COMMENTS

भदाै ३, काठमाडौँ । सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन पहल जारी राखेका छन् । झण्डै एक महिनादेखि संसद अवरुद्ध भएपछि सभामुख घिमिरेले सो विषयमा छलफल गर्न आज पनि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले आज सिंहदरबारस्थित संसद सचिवालयमा छलफलका लागि दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका छन् । उनले यसअघि पनि पटकपटक समस्याको समाधानका लागि प्रधानमन्त्री प्रचण्ड तथा प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गर्दै आएका छन् ।

सभामुखको सचिवालयका अनुसार आजको बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतक सहभागी हुनेछन् ।

सुन प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेयता निरन्तर संसद अवरुद्ध गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।