0 COMMENTS

साउन २९, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि मौसम पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा भैरहेको जनाएको छ । पछिल्लो २४ घण्टामा वीरेन्द्रनगर, नेपालगञ्ज, धरान, घोरही, धनकुटा लगायतका स्थानमा अत्याधिक वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपालको पहाडि भू–भाग नजिकै सरेकाले पहाडि स्थानका धेरै ठाउँमा वर्षा भएको र आज दिउँसो देखि भोलिसम्म पानी पर्ने अनुमान गरेको हो ।

आज दिउँसो देशभर मौसम आँशिक देखि सामान्य बदली रहनेछ । सुदूर-पश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको ले महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ । साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार राती देशभर सामान्य देखि पूर्णतया मौसम बदली रही कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो २४ घण्टामा विरेन्द्रनगरमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ । विरेन्द्रनगरमा मात्रै ११८ दशमलव ५ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि नेपालगञ्जमा १०४ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । यस्तै, धरानमा ८१ दशमलव ८, दाङको घोराहीमा ७७ दशमलव ६, काठमाडौमा ३६ दशमलव ६, पोखरामा ३६ दशमलव ५ ओखलढुंगामा ५५ दशमलव १ तथा ताप्लेजुङमा ५३ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ ।

उक्त क्षेत्र भएर बग्ने ठूला नदी तथा खोलामा जल सतह उच्च हुने हुँदा बाढी, पहिरो र डुवानबाट जोगिन महाशाखाले सबैलाई उच्च सर्तकता अपनाउँन भनेको छ । साथै, सडक मार्गको प्रयोग गर्दा पूर्व सूचना लिएर मात्रै यात्रा गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।