0 COMMENTS

साउन २९, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा जनमत पार्टीकी सांसद तथा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनिता देवीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई हटाएर जनमत पार्टीलाई सरकारमा समेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।