0 COMMENTS

साउन २१, चितवन । चितवनमा जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इच्छाकामना गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघबहादुर चेपाङलाई प्रहरीले पक्राउ गरेको हो ।

चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका–३ डुसा सामुदायिक वनमा ललाई फकाई गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकाको मेडिकल परीक्षण पछि अभिभावकको जिम्मा लगाइएको छ । चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।