0 COMMENTS

साउन २०, दाङ । नेपाल कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिति दाङको एकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । साथै उोक्त भेला तथा बैठकले इन्दु ओलीको संयोजकत्वमा अनिता खड्का र संगम केसी सह–संयोजक रहने गरि ४१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) दुई पार्टीबीच एकता भएपछि जनवर्गीय संगठनमा पनि एकता भेला र बैठकहरु चलिरहेका छन् । एकतालाई आधारभूत तहमा पुर्‍याउने अभियानमा सो पार्टी र जनवर्गीय संगठनहरू अहिले जिल्ला र प्रदेशमा युद्धस्तरमा खटिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।