0 COMMENTS

साउन २०, चितवन । चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा गएराती गर्भवतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको  उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो । चिकित्सकले लापरबाही गर्दा तीन महिने गर्भवतीको मृत्यु भएको मृतकका आफन्तहरुले आरोप लगाएका छन् । अस्पतालले हिजोराती अचानक विरामीको मृत्यु भएको खबर आफुहरुलाई दिएको पिडितहरुले बताएका छन् ।

गर्भपतनको लागि अस्पताल आएकी उनको अपरेसन पछि अत्याधिक रक्तश्राव भएर मृत्यु भएको आफन्तले बताएका छन् । गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । अस्पतालबाट लास निकाल्न जबरजस्ती हस्ताक्षर गराइएपछि अवस्था असहज भएको मृतकका देवर सन्तोष चौधरीले बताए । उनका अनुसार उनको यो दोस्रो गर्भ हो । महतोको पाँच वर्षकी छोरी छन् ।

अस्पतालमा तनाव सिर्जना भएपछि राती १ बजेदेखि नै बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । अहिले पिडित पक्ष र अस्पतालविच वार्ता भइरहेको छ । मृतकका आफन्तले अस्पताल घेरेका छन् । अस्पतालले आधिकारीक रुपमा घटना सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।