0 COMMENTS

साउन २०, धादिङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) धादिङ जिल्लाको जिल्ला एकता, भेला प्रशिक्षण एवम् बैठक जिल्ला सदरमुकाम धादिङ बेसिमा सम्पन्न भएको छ । अशोक आचार्यको संयोजकत्वमा भेलाले १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ । भेलाले जिल्ला सम्मेलन आयोजक समितिको सह–संयोजकमा जोन तामाङलाई चयन गरेको छ ।

एकता भेलाको प्रमुख अतिथ्यता संगठनका केन्द्रीय सह–संयोजक एवम् बागमति प्रदेश इन्चार्ज शिलु न्यौपानेले गरेकी थिइन भने क्रान्तिकारी कम्युनिस्ट पार्टी धादिङका संयोजक बद्री अधिकारी अथितिका रूपमा रहेका थिए ।

संगठनकी केन्द्रीय सह–संयोजक एवम् कार्यक्रममा प्रमुख अतिथि शिलु न्यौपानेले विद्यार्थी आन्दोलन अब तीब्र गतिकासाथ अगाडि बढेर शिक्षा क्षेत्रका दलालहरुलाई बढारेर फाल्ने उद्घोष गरिन् । उनले हुनेखाने र हुँदाखानेहरूका लागि फरक–फरक शिक्षाको अन्त्यका लागि आफूहरू बलिदान समेत गर्न पछि नपर्ने भनिन् । प्रमुख अतिथि न्यौपानेले धादिङ जिल्ला पार्टी र समग्र जिल्लामा निर्वाचित विद्यार्थी नेताहरूल्लाई बधाई समेत ज्ञापन गरेकी थिइन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको तर्फबाट भेलालाई सम्बोधन गर्दै जिल्ला संयोजक बद्री अधिकारीले नेपाली जनताका लागि गणतन्त्र नआएको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने बताए । उनले भ्रष्टाचार गर्ने र जनतालाई ठग्नेहरूका अब दिनगन्ती सुरु भएको बताए । उनले धादिङको तिम्लिङ देखि तोप्लाङसम्मका जनतालाई बिद्रोहमा ल्याउन विद्यार्थीहरूले भूमिका खेल्नुपर्ने बताए ।

भेलामा संगठनका बागमति प्रदेश संयोजक उषाकिरण आजाद, संगठनका सचिवालय सदस्य एवम् उपत्यका पश्चिम कमाण्डर विकल्प खत्री र पार्टी निलकण्ठ नगर प्रमुखसमेत रहेका शक्तिमान अतिथिका रूपमा रहेका थिए ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) दुई पार्टीबीच एकता भएपछि जनवर्गीय संगठनमा पनि एकता भेला र बैठकहरु चलिरहेका छन् । एकतालाई आधारभूत तहमा पुर्‍याउने अभियानमा सो पार्टी र जनवर्गीय संगठनहरू अहिले जिल्ला र प्रदेशमा खटिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।