0 COMMENTS

साउन १५, काठमाडौँ । बागमती प्रदेशले नारायणबहादुर कार्कीसहित दुई जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको हो ।

११ औं तह प्रदेशको सचिव सरहको दरबन्दी हो । बढुवा भएका दुबै जनालाई सरकारले आवश्यकतामा प्रदेश सचिवको जिम्मेवारी दिन सक्नेछ । त्यसैगरी प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको छ भने प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसअघि संघको ऐनसँग बाँझिनगरी गरेको चारजना कर्मचारीको बढुवाबारे अदालतले अन्तिम फैसला दिएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिपक प्रसाद तिवारी, वसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई बढुवा गरेको थियो । सरकारले चारै जनालाई निर्देशक तथा प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा बढुवा गरेको थियो । गैरकानुनी भन्दै परेको रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले बढुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।