0 COMMENTS

साउन १३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्लाको आयोजनामा एक मशाल जुलुस प्रदर्शन कार्यक्रमसहित कोणसभा सम्पन्न भएको छ ।

नारायणगढ बजारको लायन्स चोकदेखि पुल्चोकसम्म सयौँको सङ्ख्यामा रहेका कार्यकर्ताहरूले जुलुशसहित नाराबाजी गरेका थिए । देशमा महँगी, एयरपोर्टमा घटेको सुनकाण्डको भ्रष्टाचार, भुटानी शरणार्थी मानव तस्करी, किसानको मलबिउ बजार समस्या, व्यापारीले भोगेका बैंकिङ्ग ब्याजको मारलगायत एमसीसी खारेजी , राष्ट्रियता जनतन्त्र र जनजिविकाको समस्या समाधान गर्न माग गर्दै उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्ला संयोजक घननाथ सापकोटा ‘विकास’ ले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सचिवालय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज भिमबहादुर खड्का ‘ध्रुव’ ले सरकार जनताको अधिकार र राष्ट्रियता जनतन्त्रको लागि गम्भीर नबनेको र नागरिकता विधयेक लगायतका जनघाती राष्ट्रघाती सम्झौता खारेज नगरे जनता विद्रोहको मशाल बाल्न बाध्य हुने चेतावनी दिए ।

उक्त कार्यक्रमको सञ्चालन जिल्ला सह-संयोजक दुर्गा सुवेदीले गरेका थिए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका वागमती प्रदेश सदस्य हरिकृष्ण खनाल, अखिल नेपाल प्रगतिशील प्राध्यापक संघका केन्द्रीय सदस्य मदन फुँयाल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेमप्रसाद कडेल, जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य नारायण शर्मा विपिन लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जिल्ला कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।