0 COMMENTS

साउन १३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देही तिलोत्तमा नगरपालिकाको एकता अधिबेशन सम्पन्न भएको छ । आज अर्थवादी, अराजकतावादी र एकता विरोधीहरुलाई समाप्त पार्दै रुपन्देहीको तिलोत्तमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट एकता विरोधी हर्कतमा उत्रिएका केही अर्थवादी, अराजकतावादी, फुटवादी, गुटवादीहरुलाई गत महिनाको ३१ गते क्रान्तिकारी एकता अधिबेशनबाट ध्वस्त र समाप्त पार्दै अगाडि बढे रहिको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही यतिबेला गाउँपालिका र नगरपालिकाका अधिबेशनहरुमा जुटिरहेको छ ।

एकता अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ५ नं. प्रदेश ईन्चार्ज प्रमोद,सचिवालय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज तिलक, विशेष अतिथि केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक रमेश, अतिथिहरु केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सहसंयोजक मणि, लुम्बिनी ब्युरो सदस्य तथा पाल्पा जिल्ला संयोजक दिग्दर्शन, केन्द्रीय सल्लाहकार सदस्य संन्जिव कुमार, ५ नम्बर प्रदेश समिति सदस्य तथा वुटवल उपमहानगर ईन्चार्ज बिक्रम, अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो ईन्चार्ज तथा रुपन्देही संयोज मनोज थापा, युवाका केन्द्रीय सदस्य दर्शन लगायतको उपस्थिति थियोे भने अध्यक्षता बिमाले गर्नु भएको थियो भने अधिबेशन १५ सदस्यीय नगर कमिटी निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।