0 COMMENTS

साउन १३, रामेछाप । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामेछापले सुनापति गाउँपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न गरेको छ । अधिवेशनमा सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज लाङ्घालीले नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्ने धारणा व्यक्त गरे ।

अर्का अतिथि पार्टी जिल्ला संयोजक कृष्ण सेवाले जनताले क्रान्तिका गद्दारहरूको हिसाबकिताब गर्नुपर्ने, कसैलाई छूट दिनु नहुने र सम्पूर्ण उत्पीडित, उपेक्षित जनता एक भएर क्रान्ति सम्पन्न गर्नुपर्ने बताए ।

अधिवेशनमा जुवानसिं तामाङले स्वागत मन्तव्य राखेका थिए भने अखिल नेपाल क्रान्तिकारी किसान सङ्घका जिल्ला संयोजक तथा पार्टीका प्रदेश समिति सदस्य ध्यानबहादुर तामाङ र पार्टी प्रदेश समिति सदस्य तथा अखिल नेपाल क्रान्तिकारी महिला सङ्गठनकी जिल्ला संयोजक सीता गौतमले शुभकामना मन्तव्य राखेका थिए ।

पार्टी गाउँपालिका संयोजक काजीबाबु खड्काले कार्यक्रमको अध्यक्षता र सञ्चालन गरेका थिए । उनले अबको क्रान्तिमा सहिदहरूका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अधिवेशनले १५ सदस्यीय सुनापति गाउँपालिका सङ्गठन समिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।