0 COMMENTS

साउन १३, काठमाडाैँ । दाङको लमही-घोराही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही-घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् ।

घाइते हुनेहरूमा लमही नगरपालिका- २ बस्ने बर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीतर्फ आउँदै गरेको ट्रकको घोराही उप-महानगरपालिका-३ भैंसी बगाउने खोला नजिक उकालोमा टायर पन्चर भएको थियो । टायर पन्चर भएको थाहा पाएर रोक्ने क्रममा ब्रेक फेल हुँदा ट्रक सडकबाट खोलामा खसेको प्रहरीको भनाइ छ ।

त्यस क्रममा ट्रकका चालक र सहचालक हामफालेका थिए भने ट्रकमा सवार किशोरीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।