0 COMMENTS

साउन १३, काठमाडौँ । नाइजेरीमा विद्रोहपछि सैनिक जेनेरल अब्दुरहमाने चिआनीले आफूलाई नाइजरको नयाँ नेता घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ओमार चिआनी भनेर पनि चिनिने उनले आफ्नो नेतृत्वमा रहेको राष्ट्रपतिको गार्ड यूनिटलाई प्रयोग गरेर राष्ट्रपतिलाई नै नियन्त्रणमा लिँदै सत्ता कब्जाको घोषणा गरेका थिए ।

अमेरिकी समर्थक राष्ट्रपति मोहमद बाजुमलाई सेनाले नियन्त्रणमै राखेको छ । बाजुमले इस्लामीविरुद्धको पश्चिमा राष्ट्रहरुको लडाइँलाई साथ दिँदै आएका थिए । त्यही कारण उनीविरुद्ध देशमा विरोध बढ्दै गएको थियो । नाइजेरिया सन् १९६० मा स्वतन्त्र भएको थियो तर अहिले पनि पूर्वऔपनिवेशिक देश अमेरिका र फ्रान्सका सैन्य शिविर रहेका छन् । उनीहरु नाइजेरियाको यूरेनियम खानी कब्जा गरेर बसेका छन् ।

अमेरिकी र फ्रान्सीले सेनाको ज्यादतीसँगै पश्चिमा देशहरुको चलखेल बढ्दै गएपछि सेनाले विद्रोह गरेको हो । यो सैनिक विद्रोहपछि पश्चिमा देशहरुको टाउको दुखेको छ । अमेरिका र फ्रान्सले आफूले विद्रोहको भत्सर्ना गर्दै अपदस्त राष्ट्रपति बाजुमलाई चिन्ने बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले बाजूमलाई वाशिङ्टनले अटुट समर्थन गर्ने प्रतिबद्धता व्यक्रेका छन् । संयुक्त राष्ट्रसङ्घले नाइजेरियामा आफ्नो मानवीय सहायता कार्य स्थगन गरेको जनाएको छ । दुई वर्ष पहिले भएको चुनावमा पश्चिमा देशहरुकै सहयोगमा बाजुमले पुनः जितेका थिए ।

विद्रोहको समर्थकहरु सडकमा निस्किएका छन् । उनीहरुले नाइजेरिया र रुसको झण्डा बोकेर सेनाको कदमको समर्थन गरेका छन् । नाइजेरियाको सरकार रुसविरुद्ध उभिँदै आएको थियो । विद्रोहमा सहभागी र समर्थक रुसको पक्षमा रहेको बताइएको छ । यसैबीच रुसको निजी सैनिक समूह वाग्नरका नेता येभ्गनी प्रिगोजिनले नाइजेरिया जनताको जित र साम्राज्यवादीहरुको हार भएको भन्दै विद्रोहको प्रसंशा गरेका छन् । प्रिगोजिनले एक भिडियो सन्देशमार्फत नाइजेरियाको विद्रोहको पक्षमा अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।