0 COMMENTS

साउन १३, काठमाडौँ । अवरुद्ध मुग्लिन- नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । विहान ७ बजे पहिरोका कारण पुनः अवरुद्ध भएको सडक खण्ड पुनः संचालन आएको हो । आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–७ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको थियो । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ ।

सडकको पहिरो पन्छाएर बिहान ९:५५ बजेदेखि सडक पुन: संचालनमा आएको ट्राफिक प्रहरीले जनाएको छ । राति १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।