0 COMMENTS

साउन १०, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीले वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्ने बताएको छ । आज मालपोत कार्यलय वुटवलले मिति २०७९/१२/१० गते राष्ट्रिय भुमिसुधार आयोग, रुपन्देहीलाई पठाएको जानकारी पत्रमा तिलोत्तमा नगरपालिका वडा नम्बर ३ र ४ (आनन्दवन) ३० मा रहेको १७,८७ देखि क्रमश १३५ सम्म,१२४२,२,१७,१३१ लगायतका कित्ता नम्बरहरु श्रेस्ता उतार मागिएकोमा नापी कार्यलयको प्लट रजिस्टारमा नदेखिएको र उक्त जग्गाहरु सरकारि खोलामा देखिएको जानकारी हुँदाहुँदै पनि केही अमुक भुमाफियाहरुले चलखेल गरि १०७ र १०३ लगायतका कित्ता नम्बरहरु पास गरिएको सप्रमाण भेटिन आएको छ बताएको छ ।

उक्त पार्टीले सुकुम्बासी भुमिहिनहरुको पक्षमा लडिरहेको सन्दर्भमा माथि उल्लेखित कित्ताहरु मध्येको झण्डै २० विगाहामा २०५९ सालदेखि ३५३ घरधुरी विशुद्ध सुकुम्बासीहरु बसि राष्ट्रिय भुमिसुधार आयोगको सुचना अनुसार सुकुम्बासी समस्या समाधानका लागि फारम भरिरहेका छन् । जग्गा जसले भोगचलन गरिरहेका छन् तिनै वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम गरि वितरण गर्न आग्रह समेत गरेको छ । उक्त जग्गा भोगचलन गरिरहेका वास्तविक सुकुम्बासीहरुलाई विस्थापित गर्ने उदेश्यले केही अमुक भुमाफियाहरुलाई मात्रै जग्गा कित्ता काट गरिएको घटनाले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाए समेत बताएको छ ।

उक्त पार्टीले वास्तविक सुकुम्बासीहरुलाई सम्बोधन गरि उक्त जग्गा जसले भोगचलन गरिरहेका छन् तिनै वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम गरि वितरण गर्न अपिल गरेको छ अन्यथा कार्यवन्यन नगरे सप्रमाण रजिस्टारमा नभएको तर केही व्यक्तिहरुलाई कित्ता काँट गरि दिएको बिषयलाई लिएर गरिएको जालसाजीका बिषयमा जस्तोसुकै संघर्ष गर्न बाध्य हुने समेत बताएको छ ।

उक्त पार्टीले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै

हाम्रो महान तथा गौरवशालि पार्टी सर्वहारा, श्रमिक, मजदुर, किसान, सुकुम्बासी, उत्पिडित, दलित वर्गको मुक्तिका खातिर निरन्तर लड्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल भएको सबैमा सर्वविदितै छ । साथै राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालमा समेत कठोर बलिदानि पुर्ण संघर्ष गर्दै जनताको पक्षमा निर्भीकता साथ उभिएको छ ।

यसै शिलशिलामा मालपोत कार्यलय वुटवलले मिति २०७९/१२/१० गते राष्ट्रिय भुमिसुधार आयोग, रुपन्देहीलाई पठाएको जानकारी पत्रमा तिलोत्तमा नगरपालिका वडा नम्बर ३ र ४ (आनन्दवन) ३० मा रहेको १७,८७ देखि क्रमश १३५ सम्म,१२४२,२,१७,१३१ लगायतका कित्ता नम्बरहरु श्रेस्ता उतार मागिएकोमा नापी कार्यलयको प्लट रजिस्टारमा नदेखिएको र उक्त जग्गाहरु सरकारि खोलामा देखिएको जानकारी हुँदाहुँदै पनि केही अमुक भुमाफियाहरुले चलखेल गरि १०७ र १०३ लगायतका कित्ता नम्बरहरु पास गरिएको सप्रमाण भेटिन आएको छ ।

हाम्रो पार्टी सुकुम्बासी भुमिहिनहरुको पक्षमा लडिरहेको सन्दर्भमा माथि उल्लेखित कित्ताहरु मध्येको झण्डै २० विगाहामा २०५९ सालदेखि ३५३ घरधुरी विशुद्ध सुकुम्बासीहरु बसि राष्ट्रिय भुमिसुधार आयोगको सुचना अनुसार सुकुम्बासी समस्या समाधानका लागि फारम भरिरहेका छन् । जग्गा जसले भोगचलन गरिरहेका छन् तिनै वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम गरि वितरण गर्न आग्रह गर्दछौं । यो जग्गा भोगचलन गरिरहेका वास्तविक सुकुम्बासीहरुलाई विस्थापित गर्ने उदेश्यले केही अमुक भुमाफियाहरुलाई मात्रै जग्गा कित्ता काट गरिएको घटनाले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ ।

तसर्थ यस्तो अवस्थामा वास्तविक सुकुम्बासीहरुलाई सम्बोधन गरि उक्त जग्गा जसले भोगचलन गरिरहेका छन् तिनै वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम गरि वितरण गर्न अपिल गर्दछौं । अन्यथा हाम्रो पार्टी संग आएको सप्रमाण रजिस्टारमा नभएको तर केही व्यक्तिहरुलाई कित्ता काँट गरि दिएको बिषयलाई लिएर गरिएको जालसाजीका बिषयमा जस्तोसुकै संघर्ष गर्न बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।