0 COMMENTS

साउन १०, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले बढेको छ । महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७ सय र तेजावी सुन एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन एक लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको मूल्य १४ सय ५५ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।