0 COMMENTS

साउन १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । दिउँसो १ बजे बस्ने संसद बैठकको तयारीको लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका मुख्य सचेतक पदम गिरीले बताए ।

प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफ गर्न दलको बैठक बोलाइएको हो । विशेषगरी १०० किलो सुन बरामदबारे पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको छ । एमालेले सोही प्रहरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्ने तयारी समेत गरेको छ । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको एमाले नेताहरुले आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।