0 COMMENTS

साउन ९, काठमाडाैँ । किसानहरूको अन्नबालीलाई बाँदरले क्षति पुर्याए सरकारले अवदेखि राहत दिने भएको छ । यसअघि अरु विभिन्न वन्यजन्तुबाट भएका क्षतिमा क्षतिपूर्ति दिँदै आएको सरकारले पहिलो पटक बाँदरबाट भएको क्षतिमा पनि राहत दिन थालेको हो ।

वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका-२०८०’ मा बाँदरबाट हुने क्षतिमा पनि क्षतिपूर्ति दिने भनिएको छ । सरकारले यसअघि हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली, बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिङ्गर गरेर १४ वटा वन्यजन्तुका कारण हुने क्षतिबापत राहत दिने गर्थ्याे । नयाँ निर्देशिकामा बाँदर र नीलगाईका कारण हुने मानवीय, पशु र अन्नबालीमा गर्ने क्षतिबापत पनि राहत दिने व्यवस्था गरिएको हो ।

किसानबाट आइरहेको गुनासो र सर्वोच्च अदालतको आदेश समेतलाई ध्यान दिएर बाँदरबाट हुने क्षतिमा क्षतिपूर्ति दिने व्यवस्था शुरु गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता अजय कार्कीले जानकारी दिनुभयो । अब बाँदरबाट खेतीबालीमा भएको क्षतिमा किसानले १० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन् । यस्तै, ढकारी गाउँपालिकाले यो आर्थिक वर्षदेखि भुक्तानीमा कडाई गर्ने भएको छ । बिल मात्रका आधारमा भुक्तानी गरिदा बेरुजु बढेपछि भुक्तानीमा कडाई गर्न लागिएको हो ।

यसअघि दर्ता प्रमाणपत्र, इजाजतपत्र र लाइसेन्स आदि कागजात नवीकरण नभएका र करचुक्ता पत्र समेत पेश नगरेकाहरुलाई भुक्तानी दिइएका कारण बेरुजु बढेको गाउँपालिकका अध्यक्ष प्रकाशबहादुर साउँदले बताए । उनका अनुसार यसअघि बिल र चिठी मात्रका आधारमा बिभिन्न निकायलाई रकम भुक्तानी गरेको देखिन्छ । यसरी भुक्तानी लिनेमा सबैभन्दा बढी एफएम रेडियोहरु, अनलाई र पत्रपत्रिका लगायत सञ्चार माध्यम रहेका छन् ।

भुक्तानी लिने सञ्चारमाध्यमहरु जिल्ला बाहिरका समेत रहेको उहाँले बताउनुभयो । त्यसरी आएका बिलहरुमा अध्यक्षले तोक लगाउने र कर्मचारीले भुक्तानी दिने जस्ता गल्ती आफुहरुबाट भएको उनको भनाई छ । भुक्तानीका लागि सञ्चार माध्यमका मात्रै चाङकाचाङ बिलहरु आएपछि आफुलाई व्यवस्थापन गर्न दिनभर लागेको समेत अध्यक्ष साउँदले बताउनुभयो । उनले ति बिलहरु करिब ४५ लाख बढीको भेटिएको पनि भटाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।