0 COMMENTS

साउन ९, काठमाडौँ । देशका विभिन्न ठाउँहरूमा बाढी र पहिरोका कारण सडक अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार अहिले भालुवाङ-लिवाङ रोल्पा माडीचौर दारबोट सडकखण्ड अन्तर्गत प्यूठानको खहरे खोलालगायतका सडक अवरुद्ध भएको छ । यसै सडकखण्डको गर्जेनीमा समेत सडक अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पास्थित कालीमाटीमा समेत सडक अवरुद्ध बनेको सडक विभागले जनाएको छ ।

तौलिहवा–गोरुसिङ्‍गे–सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको सितापुरमा समेत मंगलबार सडक अवरुद्ध भएको विभागले अपडेट गरेको विवरणमा उल्लेख छ ।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा मंगलबार बिहानैदेखि पहिरोले आवागमन प्रभावित भएको छ । सो स्थानमा मेसिन तैनाथ गरी एकतर्फी सडक सुचारु गरिएको सडक विभाग भरतपुरले जानकारी दिएको छ । यहाँ पहिरो खस्ने क्रम अझै जारी रहेकाले जोखिम भने कायमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।