0 COMMENTS

साउन ९, काठमाडौँ । रुसले युक्रेनमाथि गरेको सैन्य कारवाही निर्णायक बन्दै गएको छ । अमेरिकासहित ३० देशहरु एकातिर र रुस अर्कोतिर भएर भइरहेको युक्रेन युद्ध पछिल्ला दिनमा झन् चर्किएको छ । युक्रेनले क्रिमिया र राजधानी मस्कोमा हमला गरेपछि रुसी सेनाले युद्धलाई तेज बनाएको छ । युक्रेनले पश्चिमा देशहरुसँग थप हतियार माग गरेको छ । अहिलेसम्म दिएका हतियार सकिँदै गएको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियार माग गरेका हुन् ।

बाखमुत कब्जा गरेर अगाडि बढेको रुसी सेनाले मोर्चाबन्दी लडाइँ अब राजधानी किभ केन्द्रीत गरेको बताइएको छ । भारतीय संचारमाध्यमका अनुसार रुसी सेनाले किभ कब्जाको योजना बनाइरहेको छ ।युक्रेनमा युद्ध निर्णयक बन्दै गएपछि विदेशी लडाकुहरु धमाधम फिर्ता हुन थालेका छन् । अमेरिका, युरोपका विभिन्न देशहरुबाट लडाकुहरु युक्रेन पुगेर रुसविरुद्ध लडिरहेका छन् । भाडाको सिपाईको रुपमा रुसविरुद्ध लडिरहेका विदेशी लडाकहरु फिर्ता हुन थालेपछि युक्रेनी सेनामा संकट आउन सक्ने बताइएको छ ।

विदेशी लडाकु फिर्ता हुने र युद्धमा हरेक सय मिटरमा पाँच सैनिकको मृत्यु भइरहेको छ । त्यस्तै, हरेक एक घण्टामा १० सैनिकको मृत्यु भइरहेको छ । रिपोर्टअनुसार रुसी हरेक दिनमा ५० हतियार नष्ट भइरहेका छन् । रुसले पछिल्लो समय नयाँ ड्रोन हमला गरिरहेको छ । युक्रेनले क्रिमियामा हमला गरेपछि त्यसको बदलामा रुसी सेनाले नयाँ संस्करणको ड्रोन युक्रेन पठाएको छ । उक्त ड्रोनले ओडेसा शहरको तैनाथ युक्रेनी सेनाको अन्न गोदाम र हतियार भण्डारमा हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनीपछि पोल्याण्ड पछि हटेको छ । पोल्याण्डले बेलारुसको सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएपछि पुटिनले सो चेतावनी दिएका हुन् । बेलारुसमा गरिने हमला रुसमाथि गरिएको मानिने र जवाफ दिने पुटिनले चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।