0 COMMENTS

साउन ९, काठमाडौँ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौँ मेडिकल कलेजको २१ औँ ब्याचका विद्यार्थीहरूले आन्दोलन थालेका छन् ।

बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि कलेज अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले ‘विद्यार्थी शोषण बन्द गर’, ‘अतिरिक्त शुल्क लिन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

एमबीबीसीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौँ मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ । त्यसमध्ये ५ लाख रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी रकम पनि फिर्ता माग्दा कलेज प्रशासनले धम्क्याउने गरेको उनीहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।